शीर्ष स्थानको दौडमा कमजोर एट्लेटिको
आइतबार, चैत १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एट्लेटिको मड्रिडले इस्पान्योलसँग १–१ को बराबरी खेलेपछि स्पेनिस ला लिगाको शीर्ष स्थानको दौडमा थप पछाडि परेको छ।
३८औं मिनेटमा सेजर एज्मिलिक्वेटाले उत्कृष्ट भली गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। तर, ७१औं मिनेटमा एस्पान्योलका जाभी पुयाडोले पेनाल्टीबाट बराबरी गोल गरे।
एट्लेटिको जनवरीमा शीर्ष स्थानमा थियो। तर, मार्च महिनामा खराब प्रदर्शन गर्दै उपाधि होडबाट टाढिँदै गएको छ। ‘हामीले लगातार अंक गुमाउँदैछौं। जनवरीमा हामीले स्थिरता कायम गर्नुपर्ने कुरा गर्यौं। तर, अहिले त्यो देखाउन सकेका छैनौं,’ गोलकिपर जान ओब्लाकले भने।
एट्लेटिकोका फरवार्ड एन्टोइन ग्रिजमनले ५२१औं खेल खेल्दै लियोनेल मेस्सीको कीर्तिमान तोडे। मेस्सीले ला लिगामा ५२० खेल खेलेका थिए।








-1763515978900.webp&w=3840&q=75)

-1763569877271.jpg&w=3840&q=75)




