काठमाडौं। काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को पहिलो खेलमै मार्की खेलाडी रोहन कार्कीलाई बेन्चमा राखेको छ।
काठमाडौंले केही समयपछि दोस्रो संस्करणको ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौं भने पहिलो संस्करणको विजेता हो।
काठमाडौंले यस संस्करणमा अट्याकिङ मिडफिल्डर रोहनलाई मार्की खेलाडी बनाएर भित्र्याएको थियो। तर, पहिलो खेलमै काठमाडौंले उनलाई नपत्याएको हो।
ललितपुरविरुद्धको खेलमा कुलदीप कार्कीले कप्तानी गर्नेछन्। दोस्रो संस्करणमा हिसुब थपलियालाई काठमाडौंले मार्की खेलाडी बनाएको थियो। तर, सुरुआती केही खेलपछि हिसुबबाट कप्तानी खोस्दै कुलदीपलाई नै उक्त जिम्मेवारी दिएको थियो।