मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?

शनिबार, १६ चैत्र २०८१खेलपाटी संवाददाता
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली क्रिकेट एकपल्ट पुनः चुनौतीको मोडमा पुगेको छ, जुन दुई वर्षअघि जस्तै थियो। 

ऐतिहासिक एकदिवसीय मान्यता जोगाउने सफलता मात्र नभई, १० वर्षपछि विश्वकप र २१ वर्षपछि एसिया कपमा छनोट भएर नेपाली टोलीले नयाँ युगको सुरुआत गरेको थियो। तर, अहिले यो टोलीको लय यी तमाम सफलतासँग जोडिएका भारतीय प्रशिक्षक मोन्टी देसाई आउनुपूर्व जुन हालत थियो, त्यही हालत फर्किसकेको छ। 

यो संकटको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ललाई टोलीको नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। भरखरै अमेरिकाको मुख्य प्रशिक्षकबाट बर्खास्त भएका स्टुअर्टको अनुभव र रणनीतिमा नेपाली टोली पुनः सोही ‘ट्याक’ मा फर्किने अपेक्षा गरिएको छ।

स्टुअर्टले देसाईको स्थान लिनेछन्, जसको कार्यकाल फेब्रुअरी २०२४ मा समाप्त भएको थियो। अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट १९९४ मा एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन्। उनले ५४ एकदिवसीय खेल खेलेका थिए। 

उनको प्रमुख योगदान मध्यक्रमको ब्याटिङ र मिडियम पेस तथा लेग स्पिनको मिश्रणमा बलिङमा थियो। सन् १९९६ को विश्वकप खेल्ने अवसर प्राप्त गरेका उनले आफ्नो एकदिवसीय करियरमा १२ विकेट लिएका थिए।

उनले आफ्नो टेस्ट करिअरमा भने मात्र एक खेल खेले। श्रीलंकासँगको घरेलु सिरिजमा चोटका कारण स्टीभ वाङको स्थानमा मौका पाएका उनले ५४ रनको अविजित इनिङ्स खेलेका थिए। तर, वाङ फिट भएपछि स्टुअर्टलाई फेरि टोलीबाट बाहिर राखियो।  

आधुनिक क्रिकेटको रोमाञ्चक र छोटो मानिने टी–२० क्रिकेट खेलेको अनुभव बटुल्न नपाएका उनले त्यसपछि प्रशिक्षण करियरतर्फ बाटो तताएका हुन्। तर, उनले प्रशिक्षकको रूपमा उल्लेखनीय सफलता हासिल गरेका छन्। 

स्टुअर्ट अक्टोबर सन् २००९ मा श्रीलंकाको सहायक प्रशिक्षकको अनुभव बटुलेका उनी त्यसपछि बंगलादेश हाँकिएका हुन्। उनी बंगलादेशल पुग्दा क्रिकेटको महोल तातिएको थियो। ट्रेवर बेयलिसको प्रशिक्षणमा बंगलादेशले आइसिसी विश्वकपमा निकै खराब नतिजा दिलाए। 

१४ टोली सहभागी प्रतियोगितामा समूह ‘बी’ मा रहेको बंगलादेशले आयरल्यान्ड, इङ्ल्यान्ड र नेदरल्यान्ड्सलाई मात्रै पराजित गर्न सक्यो। दक्षिण अफ्रिका, भारत र वेस्ट इन्डिजसँग ठूलो हार बेहोरेपछि समूह चरणबाटै बाहिरियो। लगत्तै ट्रेवरले सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएपछि बंगलादेशको टोलीमा भित्रिन स्टुअर्टको ढोका खुलेको हो।

करिब एक वर्ष मात्रै बंगलादेश बसेका उनीको ‘टर्निङ पोइन्ट’ त्यही बन्यो। सन् २०१२ मा उनले बंगलादेशलाई पहिलोपल्ट एसिया कपको फाइनलसम्म पुर्‍याएर तातिएको माहौललाई शीतल बनाएका थिए। तर, उक्त फाइनलमा पाकिस्तानसँग दुई विकेटले पराजित हुँदै बंगलादेश उपविजेतामा सीमित हुन पुग्यो। त्यसपछि भने उनी करिब पाँच वर्ष क्रिकेटबाटै हराउन पुगे।

२७ जनवरी २०१७ मा स्टुअर्ट वेस्ट इन्डिज क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिँदै क्रिकेटमा पुनरागमन गरेका थिए। दुई वर्षको सम्झौतामा उनी वेस्ट इन्डिज पुगे पनि टोलीले कुनै ठूलो सफलता हात पार्न सकेन। त्यसपछि उनी पुनः गुमनामकै बाटोमा फर्किए।

फेब्रुअरी २०२२ मा उनलाई अफगानिस्तानको अन्तरिम मुख्य प्रशिक्षक बनाइएको थियो। तर, त्यो लामो समय गएन। उनी जुनमा पुनः बंगलादेश फर्किए। यु–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएर उनले दुई वर्ष काम गरे।

स्टुअर्टको अन्तर्राष्ट्रिय प्रशिक्षकीय यात्राले अप्रिल २०२४ मा अर्को महत्त्वपूर्ण मोड लियो। भारतीय प्रशिक्षक जगदीश अरुणकुमारले राजीनामा दिएपछि अमेरिकी राष्ट्रिय क्रिकेट टोली मुख्य प्रशिक्षकविहीन थियो। उक्त बेला स्टुअर्टको अनुभव र रणनीतिक क्षमताले टोलीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको थियो। तर, २६ अक्टोबर २०२४ मा उनलाई अप्रत्याशित रूपमा मुख्य प्रशिक्षकको पदबाट बर्खास्त गरियो।

उनको कार्यकाल सात महिनाभन्दा थोरै मात्र लामो रह्यो। तर, उनको नेतृत्वमा अमेरिकाले बंगलादेशविरुद्ध टी–२० शृंखला जित्न सफल भयो। पहिलो पटक टी–२० विश्वकपको सुपर ८ मा पनि स्थान बनाउन सफल भएको थियो। 

क्यानडालाई सात विकेटले पराजित गरेको अमेरिकाले पाकिस्तानविरुद्धको खेल ‘टाई’ गरेको थियो। सुपर ओभरमा खेल जित्दै इतिहास रचेको अमेरिकाले सुपर ८ भने त्यस्तो चमत्कारी प्रदर्शन देखाउन सकेन। दक्षिण अफ्रिकासँग १९ रन, वेस्ट इन्डिजसँग नौ र इङ्ल्यान्डसँग १० विकेटले पराजित हुँदै अमेरिका पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको थियो। सायद त्यही खराब प्रदर्शनका कारण उनी बर्खास्तमा परेका हुन्।

नेपाललाई ठूलो अपेक्षा
नेपालले देसाईको कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको थियो। सन् २०२४ को जुन महिनामा नेपालले अमेरिकालाई ३–० ले हराउँदै टी–२० शृंखला जितेको थियो। नेपालले २०२३ को एकदिवसीय विश्वकपअघि पहिलोपल्ट एसिया कपमा सहभागिता जनाएको थियो। 

भारत र पाकिस्तान रहेको समूहमा परेको नेपालले कुनै खेल जित्न नसके पनि क्रिकेट जगतमा ठूलो प्रशंसा भने प्रसस्तै बटुलेको थियो। लगत्तै भएको टी–२० विश्वकपमा पनि नेपालले सहभागिता जनायो। नेदरल्यान्ड्ससँग ६ विकेट र बंगलादेशसँग २१ रनको हार बेहोरेको नेपाली टोलीले दक्षिण अफ्रिकासँग अर्को एक रनको निराशाजनक नतिजा सुम्पियो। त्यसयता र उता नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन। ओमानमा भएको एसिसी प्रिमियर लिगमा चौथो स्थानमा रहेको नेपाल एसिया कपमा फर्किन सकेको छैन।  

आउँदो जुन महिनामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजमार्फत स्टुअर्टले नेपाली टोलीमा प्रशिक्षकको भूमिकामा डेब्यु गर्नेछन्। आइसिसी विश्वकप लिग २ अन्तर्गत खेलिने उक्त सिरिजमा हाल नेपालको प्रदर्शन कमजोर छ। 

देसाइको प्रशिक्षणमा नेपाल १२ खेल खेल्दा दुई जित, आठ हार र दुईमा अंक बाँड्दै सातौं स्थानमा चित्त बुझाएको छ। यो स्थान सुधार गर्दै देसाईले जस्तै उनले अपत्यारिलो पुनरागमन गराउने अपेक्षा क्यानले लिएको छ। के स्टुर्अटले नेपाली क्रिकेट इतिहासमा अर्को कायापलट गर्लान् त?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड