काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो हार बेहोरेको छ। बुधबार नामिबियासँग नेपाल २३ रनले पराजित भएको छ। योसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ।
नेपालले युगान्डामाथि एक विकेटको जित हात पारेको थियो। तर, नामिबियालाई ६ विकेट र हङकङलाई दुई रनको नतिजा सुम्पिएको थियो। नेपाल चार खेलबाट दुई अंकसहित पुछारमा छ।