नेपाललाई प्रतियोगिताकै विशाल लक्ष्य

काठमाडौं। यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १२६ रनको लक्ष्य दिएको छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको हो।
जारी प्रतियोगितामा नेपालले पाएको यो नै सर्वाधिक रनको लक्ष्य हो। यसअघि हङकङले नेपाललाई १०१ रनको लक्ष्य दिएको थियो। तर, नेपालले ९८ रन मात्रै बनाउन सकेको थियो।
नामिबियाकी खानले सर्वाधिक ४५ रन बनाइन्। ४४ बल खेलेका उनले पाँच चौका प्रहार गरिन्। विल्का म्वाटिल २० र कप्तान सुने विटम्यान १५ रनमा आउट हुँदा अर्रास्टा डियर्गार्डले १६ रनको अविजित इनिङ्स खेलिन्। अन्य ब्याटरको प्रदर्शन भने सम्झनलायक रहेन।
नेपालकी बलर ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन्। रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक विकेट लिइन्।








-1762758084543.jpg&w=3840&q=75)






