काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले उज्बेकिस्तानका मुहम्मद इसाएभलाई अनुबन्ध गरेको छ।
झापाले ३० वर्षीय अट्याकिङ मिडफिल्डरलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। झापा भित्रिने उनी तेस्रो खेलाडी हो। यसअघि झापाले उज्बेकिस्तानकै सेन्ट्रल ब्याक अजमत अब्दुल्लेव र सर्बियन मिडफिल्डर लजार आर्सिचलाई अनुबन्ध गरिसकेको छ।
इसाएभले उज्बेकिस्तान, ताजकिस्तान र इन्डोनेसियाको लिग खेलिसकेका छन्।
लाकेन लिम्बू मार्की रहेको झापाले छिरिङ लामालाई रिटेन गरेको थियो। यस्तै, आशिष गुरुङलाई ‘ए’ क्याटोगोरीबाट भित्र्याएको छ।
अभिनाश स्याङ्तान, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई ‘बी’ क्याटोगोरीबाट भित्र्याएको छ। मुख्य प्रशिक्षकको जिम्मेवारी भने प्रवेश कटुवालले लिनेछन्।