साफ यु-१९ मा नेपाल र भारत एकै समूहमा
मंगलबार, फागुन २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन्। मंगलबार भएको ‘ड्र’ मा यी दुई राष्ट्र एकै समूहमा परेका हुन्।
भारतको अरुञ्चल प्रदेशमा प्रतियोगिता हुने तय छ। गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० को नाममा प्रतियोगिता भएको थियो। फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।
यसपल्ट भने पाकिस्तानले प्रतियोगितामा सहभागिता जनाउने छैन। सहभागी ६ टोलीलाई दुई समूहमम विभाजन गरिएको छ।
समूह ‘ए’ मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश रहे। समूह ‘बी’ मा आयोजनक भारतसँगै साबिक उपविजेता विजेता नेपाल र श्रीलंका परेका छन्।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

