काठमाडौं। अमाडो डिओपले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विजेता काठमाडौं रेजर्सबाट खेल्ने भएका छन्।
सेनेगलका विंगरलाई काठमाडौंले तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो।
काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि यसअघि क्लबले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे र सेनेगलका गोलकिपर चेइख गुएयलाई अनुबन्ध गरिसकेको छ।
रोहन कार्की मार्की रहेको काठमाडौंले बेल्जियमका प्याट्रिक डे विल्डेलाई प्रशिक्षणको जिम्मेवारी प्रदान गरिसकेको छ। उनी काठमाडौं आएर टोलीलाई प्रशिक्षण दिइरहेका छन्।