काठमाडौं। इन्टर मिलानका मिडफिल्डर पिओत्र जेलेन्स्की चोटका कारण केही साता खेल्न नसक्ने भएका छन्।
शनिबार सिरी ए अन्तर्गत मोन्जाविरुद्ध ३–२ को जित हासिल गर्दा उनी घाइते भएका थिए। उक्त खेलमा ७०औं मिनेटमा विकल्प खेलाडीका रूपमा मैदान प्रवेश गरेका जिलेलिन्स्की तीन मिनेटपछि नै घाइते भएर बाहिरिन बाध्य भए।
क्लबले सोमबार दिएको जानकारीअनुसार पोल्यान्डका मिडफिल्डरको दायाँ पिंडुलाको मेडियल ग्यास्ट्रोक्नेमियस मांसपेशीमा समस्या देखिएको छ।
यस चोटका कारण उनले मंगलबार फेयेनोर्डविरुद्धको च्याम्पियन्स लिगअन्तर्गतको राउन्ड अफ १६ को दोस्रो लेग खेल गुमाउने निश्चित भएको छ।
यो सिजन उनले सबै प्रतियोगिताहरूमा गरेर ३३ खेल खेलेका छन् र दुई गोल गरेका छन्।
तर, इन्टरका लागि राम्रो खबर भनेको पहिलो रोजाइका गोलकिपर यान सोमर पुनः टोलीमा फर्किनु हो। सोमर अघिल्लो तीन खेल हातको औंला भाँचिएपछि खेल्न सकेका थिएनन्। प्रशिक्षक सिमोने इन्जाघीले सोमबार पुष्टि गरेका छन् कि सोमरले फेयेनोर्डविरुद्धको खेलमा सुरुआत गर्नेछन्।