काठमाडौं। आशिष गुरुङको दुई गोलसँगै बिग्रेट ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा बिग्रेट ब्वाइजले श्रीकुमारी क्लबलाई २–१ ले पराजित गरेको हो।
जितसँगै बिग्रेट ब्वाइजले तीन अंक जोडेको छ। खेलको १५औं मिनेटमा आशिषले बिग्रेट ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए।
४९औं मिनेटमा उनले नै अग्रता दोब्बर बनाए। ६१औं मिनेटमा प्रणय गुरुङले एक गोल फर्काएका थिए। तर, श्रीकुमारीलाई खेलमा फर्किन पर्याप्त रहेन।