काठमाडौं। किरण ठगुन्नाको शतकसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। पहिलो खेलमा कर्णाली प्रदेशसँग ७९ रनले सुदूर पराजित भएको थियो।
गण्डकीले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको सुदूरले ४३ ओभरमा चार विकेट गुमाउँदै २२२ रन बनायो।
किरणले अविजित रहँदै सर्वाधिक १२१ रन बनाए। १०१ बल खेलेका उनले नौ चौका र ६ छक्का प्रहार गरे। खड्क बोहरा १९ र निश्चल क्षेत्री १८ रनमा आउट हुँदा कप्तान नारायण जोशी ३८ रनमा अवजित रहे।
गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए।