ओटिस कोलकाताको सहायक प्रशिक्षक

काठमाडौं। वेस्ट इन्डिजका पूर्वफास्ट बलर ओटिस गिब्सनलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले आइपिएल २०२५ को लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
उनले भारतका सहायक प्रशिक्षक रायन टेन डोइस्चेटको स्थान लिनेछन्। डिफेन्डिङ च्याम्पियन केकेआरले हालै अजिंक्य रहाणेलाई आफ्नो नयाँ कप्तान र वेंकटेश अय्यरलाई उपकप्तान नियुक्त गरेको छ।
गत वर्षका मुख्यप्रशिक्षक गौतम गम्भीर र तीव्र बलिङ प्रशिक्षक मोर्ने मोर्केल भारतीय टोलीमा छन् भने उपाधि विजेता कप्तान श्रेयस अय्यर अहिले पञ्जाब किंग्समा छन्।
यसअघि केकेआरले ड्वेन ब्राभोलाई आफ्नो मेन्टर बनाएको थियो। टोलीको मुख्यप्रशिक्षक अझै पनि चन्द्रकान्त पण्डित नै छन् भने बी अरुण, चार्ल्स क्रो र नाथन लिमन कोचिङ स्टाफका अन्य सदस्य हुन्।
गिब्सनले सन्न्यास लिएदेखि नै प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। २००७ मा उनी इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीको बलिङ प्रशिक्षक थिए।
यसपछि उनी वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको मुख्यप्रशिक्षक बने। त्यसपछि उनी बलिङ प्रशिक्षकको रूपमा इङ्ग्ल्यान्ड फर्किए र त्यसपछि सोही भूमिकामा बंगलादेश गए। उनले धेरै फ्रेन्चाइज लिगहरूमा पनि प्रशिक्षण दिएका छन्।








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






