बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

६ प्रदेशका सदस्य सचिवद्धारा बैठक बहिष्कार !

बिहिबार, १५ फाल्गुण २०८१खेलपाटी संवाददाता
६ प्रदेशका सदस्य सचिवद्धारा बैठक बहिष्कार !
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक ६ प्रदेशका सदस्य सचिवहरुले बहिष्कार गरेका छन् । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुदको विषयमा निर्णय गराउन बोर्ड बैठक बोलाएका थिए । सो बैठकलाई ६ प्रदेशका खेलकुद परिषद्का सदस्य सचिवहरुले बहिष्कार गरेका हुन् । 

बिहीबारको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद जेठ ३ देखि १० गतेसम्म गर्ने गरि मिति सार्ने निर्णय गरेको छ । 

यसअघि मंसिरमा आयोजना गर्ने भनिएको प्रतियोगिता चैतको अन्तिम साता कर्णाली प्रदेशमा आयोजना गर्ने गरि मिति सारिएको थियो । 

एक बोर्ड सदस्यका अनुसार बैठकमा ६ प्रदेशका खेलकुद सदस्य सचिव अनुपस्थित थिए । चैतमा आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुदको मिति सार्ने विषयमा सदस्य सचिवहरुको असन्तुष्टि र असहमती रहेको छ ।

सुदूरपश्चिम खेलकुद विकास परिषदका सदस्य सचिव दिपक सिंहले दशौं राष्ट्रिय खेलकुदको मिति सार्ने विषयमा आफुहरुको गम्भिर असहमती रहेको बताए । 

‘दशौं राष्ट्रिय खेलकुदको मिति सार्ने विषयको खेलकुद मन्त्रीले औचित्य पुष्टि गर्न पर्छ ।’ सुदूरका सदस्य सचिव सिंहले भने, ‘यसअघि चैतमा आयोजना गर्ने भनेर प्रदेशहरुमा चिठी गएको छ । सोही अनुसार प्रदेशले खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राखेका छन् । पुन मिति सार्ने निर्णयको औचित्य देखिदैन ।’ 

उनले पुन जेठमा सारिएको दशौं राष्ट्रिय खेलकुद तोकिएको समयमै हुन्छ भन्ने ग्यारेन्टी के हो ? भनेर प्रश्न गरेका छन् ।

‘राष्ट्रिय खेलकुद खेलाडीलाई नभएर आफ्नो लागि मात्र जस्तो देखियो । अर्थमन्त्रालयलाई देखाएर खेलकुद मन्त्रीले आफ्नो असक्षमता लुकाउन खोज्नुभएको छ ।’ उनले भने ।

सरकारले मंसिर २ देखि ९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । पूर्वाधार र तयारी अभावको कारण देखाउँदै प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म सारिएको थियो । पुन अर्थमन्त्रालयबाट कार्यविधि पारित हुन ढिला भएको उल्लेख गर्दै प्रतियोगिता जेठको पहिलो साता सारिएको छ । 

कार्यविधिमा सहमती दिन ढिका गरेको अर्थमन्त्रालयले समयमा बजेट खर्च नभएको भन्दै २५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ कटौती गरेपछि प्रदेश खेलकुद सदस्य सचिवहरु असन्तुष्ट छन् । 

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एउटै विषयमा पटक पटक गरिने छलफलमा आफुहरु सहभागी नभएको बताए ।

‘एउटै एजेण्डामा पटक पटक बैठक बोलाएको छ । बैठकको नाममा राज्य स्रोतको खर्च भएको छ ।’ शर्माले भने, ‘निर्णय गरिसकेपछि केन्द्रिय मन्त्रालय कार्यान्वयन गर्ने कुरामा कमजोर देखियो ।’ 

संघीयताको मर्म विपरित नवौंको ढाचामा राष्ट्रिय खेलकुद गर्ने गरी तयारी अघि बढेको प्रति आफुहरुको असन्तुष्टि रहेको बताए ।

‘यसअघि बोर्डले निर्णय गरेर खेलाडीको 'ड्रेस' प्रदेशहरुको आ आफ्नो पहिचान झल्कने गरी बनाउने भनेको थियो । तर पुन नवौंको 'स्टाइल'मा राष्ट्रिय प्रतियोगिता गर्ने गरी कार्यविधि पारित भएको छ । अर्थमन्त्रालयको यो निर्णय संघीयताको भावना र मर्म विपरित छ ।’ उनले भने ।
 

LiNing Ad
# बैठक गरे बहिष्कार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि