विराटनगर। सरस्वती स्कुलले मंगलबार आठौं विष्णु माझी मेमोरियल अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिबोन क्रिकेट मैदानमा भएको फाइनलमा सरस्वतीले अर्किड स्कुललाई सात विकेटले पराजित गरेको हो।
९६ रनको लक्ष्य पछ्याएको सरस्वतीले १५.३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पूरा गरेको थियो। सरस्वतीका दिगम्वर यादवले ३१ रन बनाउँदा प्लेयर अफ फाइनल क्रितिषा धामीले २२ रनको योगदान दिए। अर्किडका सुरज यादवले दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८.१ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो। अर्किडका लागि अभय कामतले सर्वाधिक ५१ रनको योगदान दिए। सरस्वतीका सुरज मण्डलले चार विकेट लिँदा निरज यादवले तीन विकेट लिए।
प्रतियोगिताको प्लेयर अफ द सिरिज सरस्वतीका विकाश कामत घाषित भए। त्यस्तै, उत्कृष्ट ब्याटर सरस्वतीका प्रशान्त यादव र उत्कृष्ट बलर अर्किडका प्रेम कामत भए।