काठमाडौं। इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल वेस्ट ह्यामसँग स्तब्ध भएको छ। शनिबार सम्पन्न खेलमा आर्सनल १–० ले पराजित भएको हो।
वेस्ट ह्यामको जितमा जारोड बोवेनको गोल निर्णायक बन्यो। यो नतिजासँगै वेस्ट ह्याम २६ खेलबाट ३० अंक जोड्दै १६औं स्थानमा छ।
समान खेल खेलेको आर्सनल ५३ अंकसहित दोस्रो स्थानमा यथावत् छ। योसँगै आर्सनल शीर्ष स्थानको लिभरपुलसँग आठ अंकले नै पछि परेको छ।
वेस्ट ह्यामलाई जित दिलाउन बोवेनले ४४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ७३औं मिनेटमा माइल्स लुइस स्केलीले रातो कार्ड पाएपछि आर्सनल खेलमा फर्किन सकेन।