हारबाट जोगियाे युनाइटेड
शनिबार, फागुन १०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ।
गुडिसन पार्कमा शनिबार सम्पन्न खेलमा युनाइटेडले एभर्टनसँग २–२ को बराबरी खेलेको हो।
योसँगै २६ खेलबाट ३१ अंक जोडेको एभर्टन १२औं स्थानमा छ। समान खेलबाट ३० अंकका साथ युनाइटेड १५औं स्थानमा छ।
खेलको १९औं मिनेटमा बेटोको गोलमार्फत एभर्टनले सुरुआती अग्रता लिएको थियो। ३३औं मिनेटमा अब्दुलाये डुकोरेले टोलीको अग्रता दोब्बर बनाए।
तर, त्यसपछि भने युनाइटेड खेलमा फर्कियो। ७२औं मिनेटमा ब्रुनो फनान्डेसले गोल गर्दै युनाइटेडलाई २–१ को स्थितिमा ल्याए। निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा म्यानुएल उगार्टेले युनाइटेडका लागि बराबरी गोल फर्काए र हारबाट जोगाए।











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

