काठमाडौं। डिफेन्सिभ मिल्डफिल्ड सन्तोष खत्रीले ललितपुर सिटीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
एनएसएलको तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। यसअघि उनले इलाम डे मेचीबाट एनएसएल खेलेका थिए।
उनलाई पोखरा थन्डर्स, ललितपुर र झापा एफसीले बोलि लगाएका थिए।
उनको न्यूनतम मूल्य दुई लाख थियो। तर, उच्चतम मूल्यमा पुगेपछि गोला प्रथाबाट ललितपुरले चार लाख रुपैयाँमा भित्र्याएको हो।