काठमाडौं । तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा पहिलो भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको समन्वयमा भएको प्रतियोगिताको बौद्धिक अपाङ्गतर्फ १ सय मिटर दौडको पुरुषमा सुजन महर्जन र महिलामा राधिका थापा तथा सफ्टबल थ्रोको पुरुषमा मुकेश महर्जन र महिलामा रीता दुवाल पहिलो भए ।
बहिर क्षेत्रतर्फ १ सय मिटर दौडको पुरुषमा राजबहादुर बुढा र महिलामा शिल्पाकुमारी कर्ण, २ सय मिटर दौडको पुरुषमा सन्तोष नेपाल र महिलामा शिल्पाकुमारी कर्ण तथा ४ सय मिटर दौडको पुरुषमा अजय कर्ण पहिलो भए ।
शारीरिक अपाङ्गतर्फ पुरुष ज्याभ्लिन थ्रोमा कुमार कार्की, पुरुष व्हीलचेयर सटपुटमा श्यामबहादुर रावल र महिला व्हीलचेयर सटपुटमा यममाया मगरले स्वर्ण जिते ।