फाइनल गुमाएसँगै फेडेररले गुमाए विश्व नम्बर एक
सोमबार, असार ११, २०७५खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले टेनिसको विश्व नम्बर एक वरियता गुमाएका छन् । जर्मनीमा सम्पन्न हाले ओपन टेनिसको फाइनलमा पराजित हुँदै फेडेररले विश्व नम्बर एक वरियता गुमाएका हुन् ।
हाले ओपनको साबिकको बिजेता समेत रहेका फेडेरर फाइनलमा क्रोएसियाका बोर्ना कोरीकसँग ७-६(८-६),३-६ र ६–२ ले पराजित पराजित भए । २१ पटकको ग्राण्डस्लाम बिजेता फेडेररले २१ बर्षीय कोरीकसँग पहिलो सेट मात्र उत्कृष्ट खेल खेलेका थिए । यो खेल जितेको भए 36 बर्षीय फेडेररले ९९ औं उपाधि जित्ने थिए ।
हाले ओपनको फाइनल गुमाएसँगै फेडेररलाई स्पेनिस राफायल नाडालले वरियतामा पछि पारेका छन् । अर्को महिना निस्कने वरियतामा नाडाल नम्बर एक बन्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

