काठमाडौं। रियल मड्रिडले म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणमा प्रतिस्पर्धा गर्ने भएको छ। पछिल्ला दुई विजेताबीचको यो रोमाञ्चक भिडन्त मानिएको छ।
शुक्रबार भएको ड्रअनुसार सन् २०२३ को विजेता सिटीले पहिलो लेग फेब्रुअरी ११ या १२ मा घरेलु मैदानमा आयोजना गर्नेछ। दोस्रो लेग भने फेब्रुअरी १८ या १९ मा मड्रिडमा हुनेछ। रियलले अघिल्लो सिजन आफ्नो कीर्तिमानी १५औं उपाधि जितेको थियो।
दुई खेलको समग्र नतिजाका आधारमा विजेता टोलीले एट्लेटिको मड्रिड या बायर लिभरकुजेनमध्ये एकसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। यी दुई ३६ टोलीको नयाँ लिग तालिकामा शीर्ष आठमा परेका थिए।
९ देखि २४ स्थानसम्म परेका टोलीहरू दुई लेगको नकआउट प्लेअफमा प्रवेश गरेका थिए। रियल ११औं स्थानमा रहँदा सिटी २२औं स्थानमा थिए