सिरिजंघाको विजयी सुरुआत
आइतबार, मंसिर ८, २०८२खेलपाटी संवाददाता

पथरी। सिरिजंघा स्पोर्टिङ क्लबले १८औं आत्मानन्द गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
उद्घाटन खेलमा सिरिजंघाले माङसेबुङ गाउँपालिकालाई ३–१ ले पराजित गरेको हो। सिरिजंघाका सन्जय धिमालले ह्याट्रिक गरे। उनले ११औं, ३८औं र ३९औं मिनेटमा गोल गरे।
माङसेबुङ गाउँपालिकातर्फबाट ओसन राईले ५९औं मिनेटमा एकमात्र सांत्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका सिरिजंघाका सन्जय ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार पाँचथरको तिजोक युवा क्लब र मोरङको लेटाङ फुटबल क्लबबीच खेल हुने छ।
प्रतियोगिताको विजेताले ३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५ हजार रुपैयाँमा चित्त बुझाउनेछ।







-1763904378702.png&w=3840&q=75)





