चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो
आइतबार, मंसिर ८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ४१औं अल इन्डिया गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
सिकिमको गान्तोकस्थित पाल्जोर रंगशालामा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज आई–लिग क्लब राजस्थान युनाइटेडसँग ३–१ ले पराजित भएको हो। राजस्थानलाई जित दिलाउन नाओबा मेटले २ र विलियम पाउलिनखुमले १ गोल गरे। चर्च ब्वाइजका दिनेश हेन्जनले गरेको गोल सान्त्वना रह्यो।
सोझै क्वार्टरफाइनल खेलेको चर्च ब्वाइजले खेलको छैटौं मिनेटमा दिनेशको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
तर,२२औं मिनेटमा विलियमले राजस्थानलाई खेलमा फर्काए। २८औं मिनेटमा नाओबाले गोल गर्दै राजस्थानलाई २–१ लरे अगाडि बढाए। ७०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे।






-1763904378702.png&w=3840&q=75)







