काठमाडौं। कप्तान सनिल मगरको चार गोलसँगै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा सहज जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई ४–१ ले पराजित गरेको हो। चर्च ब्वाइजको जितमा सनिलको एकल प्रदर्शन रह्यो।
उनले १८औं मिनेटमा पेनाल्टी सदुपयोग गर्न सकेका थिएनन्। तर, ४०, ४८,५३ र ८४औं मिनेटमा गोल गरे।
सातदोबाटोका अल्बिन लिङ्लेखु लिम्बूले पेनाल्टी चुकाए। तर, सौरभ भुजेलले एक गोल उपहार दिए।