हेल्प नेपालको सहज जित
आइतबार, २० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले कोशी प्रदेशमाथि सहज जित हासिल गरेको छ।
नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार हेल्प नेपालले कोशीलाई ३–० को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१४ ले जितेको हेल्पले दोस्रो सेट २५-२१ र तेस्रो २५-१४ ले जित हासिल गर्यो।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
