काठमाडौँ। बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ बागमती प्रदेशले सहज जित निकालेका छन्।
सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई सोझो सेटमा हराएको हो। पहिलो सेटमा २५–२१ को जित निकालेको सुदूरपश्चिम ले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को जित निकालेको हो ।
पुरुषतर्फ नै आज भएको दोस्रो खेलमा मधेस प्रदेशमाथि गण्डकी प्रदेशले ३–१ सेटको जित निकाल्यो। गण्डकी प्रदेशले २०–२५, २५–११, २५–२१ र २५–१८ को जित निकाल्यो।
आज भएको पुरुषतर्फको अन्तिम खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि ३–१ सेटको जित निकालेको छ।
पहिलो सेटम १६–२६ ले पराजित भएको लुम्बिनी दोस्रो सेटमा २५–१८, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–२१ को जित निकाल्यो।
महिलातर्फ आजको पहिलो खेलमा मधेस प्रदेशमाथि लुम्बिनी प्रदेशले सोझो सेटको जित हात पार्यो। लुम्बिनीले २५–१८, २५–२१ र २५–७ को जित निकाल्यो।
दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम माथि सोझो सेटमा जित निकाल्यो। कर्णालीले २५–१४, २५–२२ र २५–२२ को जित निकाल्यो।
आजको अन्तिम खेलमा बागमतीले कोशी प्रदेशमाथि सोझो सेटमा जित निकाल्यो। बागमतीले २५–७, २५–१३ र २५–१४ को जित निकाल्यो।