काठमाडौं । जिपी कोइराला स्पोर्ट्स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित भएकी छन् ।
काठमाडौंमा गल्फुटारमा आयोजित एक कार्यक्रममा आइटिएफ तेक्वान्दोकी खेलाडीसमेत रहेकी तुल्सीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।
नेपाल नेसनल मार्सल आर्ट्स गेम्स कन्फेरेडसनकी कोषाध्यक्ष, नेपाल आइटिएफ महासंघ र नेपाल राष्ट्रिय मुवाथाइ संघकी केन्द्रिय सदस्य हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उपसभापति धनराज गुरुङले तुल्सीलाई मनोनयनपत्र प्रदान गरे । सो अवरमा लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनितलाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।
पूर्वमन्त्रीसमेत रहेका गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्तामा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए ।
राजु ताम्राकार, दीपक थापा र जग्जीत केसी पनि संघको सदस्यमा मनोनित भएका छन् ।
सुदिप डंगोललाई नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला समितिको अध्यक्षमा मनोनयन गरिएको पत्र पनि प्रदान गरिएको थियो ।