शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वीकृतिबिनै उड्यो एन्फाको टोली

मंगलबार, ०६ चैत्र २०८०खेलपाटी संवाददाता
स्वीकृतिबिनै उड्यो एन्फाको टोली
Loading ad...
mustang rice ad

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान गरेका छन्।

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन्। विष्ट खुमलटारका अध्यक्षसमेत हुन्। उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री बहराइन प्रस्थान गरेका छन्।

‘खै पत्र आयो कि आएन त हामीलाई थाहा छैन। हामी सबै यहीँ छौँ। मन्त्रालय (युवा तथा खेलकुद)ले राखेपलाई पत्र पठायो भन्ने सुनेका थियौँ। त्यही पत्र पाएर त होला हामी सबैलाई बोर्डिङ पास दिएको,’ विष्टले खेलपाटीसँग भने।

राखेपले टिममा नभई नहुने भन्दै चिकित्सक राजु डंगोल महर्जन र खेल पत्रकार गोविन्दराज नेपाल बहराइन जान स्वीकृति दिएको थियो। महर्जन आइतबार बहराइन उड्ने तयारीमा थिए। तर, राखेप उनलाई सोमबार मात्रै स्वीकृति दिएको थियो। उनी सोमबार नै त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपालले भने मंगलबार स्वीकृति पाएका थिए। अन्य ८ जनालाई भने स्वीकृति नदिएको संघसंस्था समन्वय समितिका प्रमुख चन्द्र राईले जानकारी दिए।

‘तिनीहरूको पुस्ता नै आएको छैन। पुस्ता लिएर आउनु भनेको थिएँ। अफिसियल मात्रै लेखेर आएको थियो। त्यसैले स्वीकृति दिएको छैन,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"