काठमाडौं । थाइल्यान्डको बैंककमा हुने १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मार्च १२ देखि २० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई प्रो तथा ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५१ केजीमा पारिका बतासले खेल्ने छिन् ।
प्रशिक्षकमा राहुल मोक्तान रहेका छन् । टोली सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेको छ भने गुणराज र सुशिल यसअघि नै थाइल्यान्ड पुगिसकेका छन् ।
टोलीलाई नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपति, सचिव उत्तम गुरुङ र सुदूरपश्चिम मुवाँथाई संघका उपाध्यक्ष किशोर जोशीले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।