काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै अन्तर प्रदेश खेलकुद प्रतियोगिता प्रभावित बनेको छ ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा देखिएको छ ।
प्रदेशको सरकार प्रभावित बन्दा बागमती प्रदेशमा चैतको पहिलो साता तय भएको अन्तर प्रदेश खेलकुद प्रतियोगिता चैतको अन्तिम साताका लागि सरेको छ ।
यसअघि पहिलो अन्तर प्रदेश खेलकुद प्रतियोगिता चैत २ देखि ८ गतेसम्म बागमती प्रदेशमा हुने तय भएको थियो । केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै पूर्व निर्धारित मितिमा प्रतियोगिता नहुने भएको हो ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार अन्तर प्रदेश अब चैतको अन्तिम साता आयोजना हुनेछ ।
सदस्य सचिव भण्डारीका अनुसार प्रतियोगिता अब चैत २५ देखि बैशाख १ गतेसम्मको नयाँ मिति तोकिएको छ ।
सात प्रदेश सहभागी रहने अन्तर प्रदेश खेलकुद प्रतियोगिताको पहिलो संस्करण बागमती प्रदेशले आयोजना गर्दैछ ।