काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री बनाउने भएको छ ।
सत्ता गठबन्धनको बैठकमा युवा तथा खेलकुद मन्त्री आफुले लिने निर्णय गरेको रास्वपाले विराज भक्तलाई पठाउने निर्णय गरेको हो ।
रास्वपा नेता मनिष झाले विराजभक्तलाई युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय भएको खेलपाटीलाई बताए ।
विराज राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सांसद हुन् ।
संसदमा बलियो उपस्थिती देखाउँदै आएका विराजलाई रास्वपाले युवा तथा खेलकुद हेर्ने मन्त्रालयको जिम्मेवारी दिएको हो ।