काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले लिने भएको छ ।
बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले रास्वपाले युवा तथा खेलकुद मन्त्रालय लिने सहमती बनेको हो ।
रास्वपा नेता मनिष झाले खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठलाई सिफारिस गर्ने निर्णय भएको खेलपाटीलाई बताए ।
यसअघि राजनीतिक दलले खेलकुद मन्त्रालय लिन आनाकानी गर्दै आएका थिए ।
नयाँ दलको रुपमा आएको रास्वपाले खेलकुद मन्त्रालय आफ्नो भागमा लिएको छ । र युवा नेता विराजभक्तलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको छ ।