काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा १२ हजार टिकट मात्र बेच्ने भएको छ ।
सोमबार सुचना जारी गर्दै क्यानले नेदरल्याण्ड्सविरुद्ध नेपालले खेल्ने फाइनल खेलमा १२ हजार मात्र टिकट बिक्री गर्ने जनाएको हो । क्यानले सोमबार बिहानसम्म आधा भन्दा बढी टिकट बिक्री भैसकेको समेत जनाएको छ ।
सर्वसाधारणले क्यानको अफिसियल टिकेटिङ पार्टनर आईएमई पेबाट टिकट लिन सक्नेछन् ।
त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मंगलबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । यस वर्ष हुने टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।
एकदिवसीय विश्वकप लिग टू अन्तर्गतका म्याच खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपाल भ्रमणमा आएका थिए । लिग टूको म्याच सकिएपछि नेपालले टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।