काठमाडौं । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।
आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमको आयोजना गरेर एसियन गेम्स २०२३ मा भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो ।
टिम ११ ले सो खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका १० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का २० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट २० हजार दिने घोषणा गरेको थियो ।
सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत १ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत ७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत ६० हजार, करन केसीले एक चौका र २ छक्का प्रहार गरेबापत ५० हजार प्राप्त गरेका थिए ।
त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत ३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत ४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा नगद पुरस्कारका साथमा सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो ।
नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ ।