काठमाडौं । सी डिभिजन क्लब स्पोर्टस एकेडेमी सागाको अध्यक्षमा पुन मनोरथ आचार्य निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न स्पोर्टस एकेडेमी सागाको दोस्रो साधारणबाट अध्यक्षमा पुन आचार्य निर्वाचित भएका छन् ।
क्लबको वरिष्ठ उपाध्यक्षमा एन्फाका केन्द्रिय सदस्य रुपेश अधिकारी निर्वाचित भएका छन् ।
उपाध्यक्ष सुरेश मगर र बिशाल थापा निर्वाचित भए । महासचिव राजारम दुवाल, सचिवमा उद्धव कार्की र कोषाध्यक्षमा उत्तम मगर चुनिए ।
क्लबले आगामी तीन वर्षका लागि कार्यसमिति चयन गरेको हो ।