आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरा स्पोर्ट्स अवार्डलाई प्रदेश सरकार र महानगरको साथ

बुधबार, १६ फाल्गुण २०८०खेलपाटी संवाददाता
पोखरा स्पोर्ट्स अवार्डलाई प्रदेश सरकार र महानगरको साथ
Loading ad...
mustang rice ad

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ ।

मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ ।’ अध्यक्ष बरालले भने ।

मन्त्री सिंखडालाई भेट गर्न मञ्चका अध्यक्ष बराल सहित महासचिव राजाराम पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रोहीतराज पराजुली र कृष्ण दवाडी, मञ्चका शुभचिन्तक नविन सिग्देलको टोली मन्त्रालयमा पुगेको थियो ।

यसअगाडि मञ्चको टोलीले पोखरा महमनगरपालिकाका प्रमुख धनराज आचार्यसँग समेत भेट गरेको थियो । प्रमुख आचार्यले पनि विगतमा गरिदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाइसकेका छन् ।

उनले पोखरा स्पोर्ट्स अवार्ड गण्डकी प्रदेशको खेल क्षेत्रको लागि महत्वपूर्ण इभेन्ट भएको र प्राविधिक कारणबस रातो किताबमा समावेश हुन नसकेको भएपनि सहयोग निरन्तर रहने आगामी आर्थिक वर्षमा रातो किताब समावेश गर्ने समेत बताएका थिए ।

प्रमुख आचार्यसँगको भेटमा मञ्चका अध्यक्ष बराल, महासचिव पौडेल, सचिव शशी कुमार पौडेल, सदस्य पराजुली सहित पुर्व सल्लाहकार सन्देश श्रेष्ठ, सदस्य दीपक गोदार र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी सहभागी थिए ।

स्पोर्टस अवार्डमा प्रदेश सरकारको विशेष सहयोग गर्दै आएको छ भने पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ । मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो ।

देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गरिएको हो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

Loading ad...
LiNing Ad
#पोखरा स्पोर्ट्स अवार्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का