काठमाडौं । टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियाविरुद्ध कुशल भुर्तेल पहिलो बलमै बोल्ड भएका छन् ।
२ सय ७ रनको उच्च चुनौती पार गर्ने लक्ष्य सहित ओपनिङमा आएका उनी गोल्डेन डकआउट भएका हुन् ।
उनलाई रुबेन ट्रम्पेलमेनले पहिलो बलमै बोल्ड गरेका हुन् ।
नेपालले इनिङ्सको पहिलो बलमै महत्वपुर्ण विकेट गुमाएको छ ।
सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको लक्ष्य दिएको छ ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेल सकिएपछि नेपालले नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।