काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार चेम्जोङ बुवा बनेका छन् ।
गत वर्ष कन्चन निरौलासँग विवाह बन्धनमा बाँधिएका किरणलाई पुत्र लाभ भएको हो ।
किरणले शुक्रबार मेडिसिटी अस्पतालमा पुत्र लाभ भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।
किरण र कन्चन गत वर्ष भदौ १५ गते विवाह बन्धनमा बाँधिएका थिए । केही समयको प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका थिए ।
राष्ट्रिय फुटबल टिमका कप्तान किरणले लामो समयदेखि नेपालको राष्ट्रिय टिमको गोलपोस्ट सम्हाल्दै आएका छन् ।
उनी हाल भारतीय आई लिग क्लब पन्जाबबाट व्यवसायीक फुटबल खेलिरहेका छन् ।