काठमाडौं । पाँचौं संस्करणको फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा आर्मीमाथि एपीएफले जित दर्ता गरेको छ ।
आईतबार काठमाडौंमा सुरु प्रतियोगिताको दोस्रो खेलमा एपीएफले आर्मीलाई हराएको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफले आर्मीलाई २९–१५ को स्कोरमा पराजित गर्यो ।
चार पटकको च्याम्पियन आर्मीले प्रतियोगिताको पहिलो दिननै हार ब्यहोर्न पुगेको छ ।
जित सहित एपीएफले लिग तालिकामा दुई अंक जोडेको छ । आर्मी अंक विहीन बनेको छ ।
प्रतियोगिताको पहिलो खेलमा गोर्खाली रग्वी क्लबले पुलिस क्लबलाई हराएको थियो ।
नेपाल रग्वी संघको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खाली रग्वी सहित तीन विभागीय टिम पुलिस, आर्मी र एपीएफ सहभागी छन् ।
प्रतियोगिताको दोस्रो चरण बुधबार र अन्तिम चरणका खेल शनिबार हुनेछन् ।