काठमाडौं । पाँचौं संस्करणको फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लबले विजयी सुरुवात गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा आईतबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खालीले नेपाल पुलिस क्लबलाई हराएको हो ।
एकपक्षिय जित निकाल्ने क्रममा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो । जित सहित गोर्खाली रग्वीले लिग तालिकामा दुई अंक जोडेको छ ।
नेपाल रग्वी संघको आयोजनामा सुरु भएको प्रतियोगितामा गोर्खाली रग्वी सहित तीन विभागीय टिम पुलिस, आर्मी र एपीएफ सहभागी छन् ।
प्रतियोगिताको दोस्रो चरण बुधबार र अन्तिम चरणका खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ।