काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एन्फाबाट हुने भुक्तानी प्रक्रियामा राईले पदीय दुरुपयोग गरेर बार्गेनिङ्ग गरि रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
सरिता परियारको नामबाट अख्तियारमा परेको उजुरीमा राईले विभिन्न बाहानामा वक्यौता रकम रोकेर बार्गेनिङ गरेर २५ लाख रुपैयाँ बुझेको आरोप लगाईएको छ । राईले अध्यक्षलाई समेत बुझाउनुपर्छ भनेर खेल सामाग्रीमा रकम अशुली गर्ने गरेको आरोप राईमाथि लगाईएको छ ।
विभिन्न समयमा खेल सामाग्री प्रदान गर्ने कम्पनीका ब्यक्तिसँग महासचिव राईले रकम लिएको च्याट संवाद सहित अख्तियारमा उजुरी परेको हो ।
यसअघि महासचिव राईमाथि एक कम्पनीसँग ६० लाख रुपैयाँको खेल सामाग्री खरिदमा कोटेशन मिलाएर रकम अनियमितता गरेको आरोप लागेको थियो ।
राई एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ्गका विश्वासिला पात्र हुन् । नेम्वाङ्ग निकट उपाध्यक्ष दावा लामा लागुऔषध ओसार पसारको पुरानो मुद्धामा फरार रहेको समय महासचिव राईमाथि आर्थिक अनियमितताको मुद्धा अख्तियारमा परेको हो ।