काठमाडौं । काभ्रेका सज्ञान श्रेष्ठले दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगितामा स्वर्ण जितेका छन् ।
शुक्रबार त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को परिसरमा जारी प्रतियोगिताको पुरुष ८५ केजी तौलसमूहको फाइनलमा सज्ञानले ललितपुरका नाम्खान थापा मगरलाई पराजित गरे ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ४५ केजीमा एपीएफकी रिना माझीले स्वर्ण जितिन् ।
रिनाले फाइनलमा एनआरएनएकी पाल्मो शेर्पालाई हराइन् । प्रतियोगितामा मुख्य १० विधामा सय खेलाडी सहभागी छन् ।
प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।