काठमाडौं । बागमती गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी फाल्गुन १ गतेबाट हुने भएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितीको आयोजनामा हुँदै आएको प्रतियोगिताको मिति टुङ्गो लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले बागमती गोल्डकप फुटबलका लागि फाल्गुन १ देखि १० सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ ।
एन्फाले मिति प्राप्त भएपछि छैठौं संस्करणको तयारीमा जुटेको बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठले बताए ।
बागमती गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल क्लबहरु र आयोजक टिम सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा १० टिमले भाग लिनेछन् ।
यस वर्ष पनि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।