काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको छ ।
सोमबार बसेको एन्फाको विशेष साधारण सभा बैठकले लेखा परिक्षक नियुक्त गरेको हो ।
बैठकले आर्थिक वर्ष ८९-८० कालागि एलएसपी एसोसियट र आर्थिक वर्ष ८०-८१ का लागि एएनएस एसोसियटलाई लेखा परिक्षकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भर्चुअल विशेष साधारण सभाबाट लेखा परिक्षक नियुक्त गर्ने प्रयास विवादमा परेपछि अध्यक्ष पंकजबिक्रम नेम्वाङले अविश्वासको प्रस्तावनै फेस गर्न परेको थियो ।
अविश्वासको प्रस्तावलाई फेल गराएर नेम्वाङले विशेष साधारण सभामार्फत लेखा परिक्षक नियुक्त गर्न सफल भएका छन् ।
एन्फाको आन्तरिक विवादका लागि यस वर्षको नियमित वार्षिक साधारण सभा बैठक अझै बस्न सकेको छैन । नियमित साधारण सभा बैठक बस्न नसक्दा चालू आर्थिक वर्षको बजेट पारित भएको छैन भने एन्फाको कार्यक्रम समेत प्रभावित बनेको छ ।
सोही कारण एन्फाले माघ महिनाको पहिलो हप्तासम्म समेत यस वर्षको फुटबल क्यालेन्डर सार्वजनीक गर्न सकेको छैन ।