काठमाडौं । नेपाल सुपर लिगको इलिमिनेटरमा काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसीले अग्रता बनाएको छ ।
दशरथ रंगशालामा मंगलबार पहिलो हाफको खेल सकिदाँ ललितपुरले २–० को अग्रता बनाएको हो ।
ललितपुरका लागि इमु इजिकेल र पापा इबु केबेले गोल गरेका छन् ।
खेलमा अग्रता ३६ औं मिनेटमा इजिकेलको गोलमा ललितपुरले लिएको थियो ।
केबेको प्रहारलाई काठमाडौंका अन्जल श्रेष्ठले रोकेपनि रिबाउन्ड बलमा इजिकेलले सहजै गोलमा परिणत गरेका थिए ।
पहिलो हाफको खेल सकिन एक मिनेट अघि केबेले गोल गर्दै ललितपुरलाई २–० को अग्रता दिलाएका थिए ।
अनन्त तामाङको हेड प्रहारलाई काठमाडौंका डिफेन्डर कुलदीप कार्कीले रोकेपनि गोल लाइनमा खसेको बलमा केबेले गोल गरेका थिए ।
मंगलबारको खेलको विजेताले दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्ससँग खेल्नेछ ।