काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा आर्मी जावलाखेल युथ क्लबसंग गोलरहित बराबरीमा रोकिएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा आर्मीले जावलाखेलसंग अंक बाडेको हो । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न भने सकेनन् ।
बराबरीसंगै आर्मीले १२ खेलबाट २२ अंक जोडेको छ । र, आर्मीले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
आर्मी अंक तालिकाको चौथो स्थानमा छ । जावलाखेल १२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।