काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई ३ - ० गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन कजिम बुसारीले दुई गोल गरे । यस्तै एक गोल अब्दु करीमले गरे ।
पहिलो हाफको हाफको १६ औं मिनेटमा बुसारीले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४६ औं मिनेटमा बुसारीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा करीमले गोल गर्दै ब्रिगेडलाई ३ - ० को जित दिलाए ।
खेलमा ब्रिगेडका रन्दिप पौडेल म्यान अफ दि म्याच चुनिए ।
लिगमा ब्रिगेडको यो दोस्रो जित हो । जितसंगै ब्रिगेडले ९ अंक जोडेको छ । ब्रिगेड लिगको ११ औं स्थानमा छ । ९ अंक नै जोडेको फ्रेन्ड्स १२ औं स्थानमा छ ।