कास्की । पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई संघको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाईको खेल पोखरामा हुने भएको हो । मार्सलआर्ट अन्तरगतको मुआथाई व्यवसायीक फाइट हो ।
प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् ।
‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायीक फाइटरको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ ।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले दर्शकका लागि निशुल्क रहेको प्रतियोगिता पर्यटकीय क्षेत्र लेकसाइडमा हुनेछ ।
‘यो व्यवसायिक फाइट हो । यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले खेलाडी दर्ता गराएपनि हामीले नेपालमा प्रोफेसन रहेको फाइटरहरुलाई मात्र समेटेका छौं’ उनले भने, ‘मुआथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’
विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रबर्द्धनमा समेत टेवा पुग्नेछ ।
उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो प्रोफेसनल र प्रो फाइट प्रोफेसनल फाइट गरि तीन विधामा खेल हुनेछन् ।
वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायीक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।
प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायीक प्रतिष्ठान तथा व्यक्तिको सहयोग रहेको छ ।