काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सविरुद्ध ब्रिगेड ब्वाईजले १ - ० को अग्रता बनाएको छ । खेलको १६ औं मिनेटमा विदेशी खेलाडी कजिम बुसारीले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका हुन् । उनले ऋतिक खड्काको पास सदुपयोग गरे ।
फ्रेन्ड्स ९ अंक सहित तालिकाको एघारौँ स्थानमा रहदाँ ब्रिगेड ६ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।