नेपालले पहिले ब्याटिङ गर्ने
२०२३ डिसेम्बर ८, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्दैछ ।
शुक्रबार यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ ।
नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्नेछ ।
नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल, तिलक भण्डारी, आकाश त्रिपाठी, देव खनाल, दिपेश कँडेल, विपिन राउत, बिशाल बिक्रम केसी, आकाश चन्द, सुभाष भण्डारी र गुल्सन झा छन् ।
प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।
समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।
#नेपालले पाकिस्तान