काठमाडौं । विराटनगर पारा टेबलटेनिस ट्रेनिङ सेन्टरका विवेक राईले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिसको पुरुष एकलमा स्वर्ण जितेका छन् ।
जोरपाटीमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ फाइनलमा विवेकले सुर्खेतका लोक केसीलाई ४–० को सोझो सेटमा पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेको उनका प्रशिक्षक विकेन थापाले जनाएका छन् ।
उक्त स्पर्धाको महिलामा दाङकी अस्मी बुढा मगर पहिलो भइन् ।